Like us!
Follow us!
Connect us!
Watch us!

म्यानपावरको ठक्ने क्रम बढ्दो, २ वर्षमा डेढ अर्ब ठगी

विहीबार, २६ असोज २०७४, ०८ : ४३ मा प्रकाशित

म्यानपावरको ठक्ने क्रम बढ्दो, २ वर्षमा डेढ अर्ब ठगी

अर्थ संसार, काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने युवाको संख्या अपेक्षित वृद्धि हुन नसके पनि यस क्षेत्रमा ठगीको उजुरी गर्ने पीडितको संख्या र दाबी रकम भने बढ्दै गइरहेको छ ।

पछिल्लो २ वर्षमा मात्र वैदेशिक रोजगारीका क्षेत्रमा भएको लेनदेनको क्रममा १ अर्ब ४५ करोड भन्दा बढी दाबीसहितको उजुरी परेको छ । यसरी परेको उजुरीको कारबाहीका क्रममा २६ करोड ४० लाख ९५ हजार रूपैयाँ बिगो भराइएको छ ।

आर्थिक वर्ष २०७२/२०७३ को तुलनामा २०७३/२०७४ मा रकम हिनामिनासहित उजुरी गर्ने युवाको संख्या २ सय ११ जनाले बढेको देखिन्छ भने दाबी रकम पनि ६ करोड २७ लाख ४५ हजार ३ सय २ रूपैयाँले वृद्धि भएको छ । अघिल्लो आवमा ६९ करोड ५० लाख ९६ हजार ५०२ रुपिया रकम दाबीसहित २ हजार १ सय ७२ जनाले वैदेशिक रोजगार विभागमा उजुरी दिएका दिए ।

यसरी नै गत आवमा ७५ करोड ७८ लाख ४१ हजार ८०४ रूपैयाँ दाबीसहित २ हजार ३ सय ८३ उजुरी दर्ता गरेको वैदेशिक रोजगार विभाग उजुरी तथा अनुसन्धान शाखाको तथ्यांकमा उल्लेख छ । यो तथ्यांक संस्थागत ९म्यानपावर एजेन्सी० र व्यक्तिगत रूपमा वैदेशिक रोजगारको नाममा रकम लेनदेन विवादपछि पीडित पक्षले विभागमा दर्ता गराएको संख्या हो ।

वैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारीले उजुरी र दाबी रकम वृद्धिसँगै पीडित पक्षलाई भराएको बिगोसमेत वृद्धि भएको बताए । “विदेश जाने कामदारको संख्यामा कमी आए पनि पुराना उजुरीका कारण उजुरी दर्ता संख्या र दाबी रकम बढेको हो,”

निर्देशक अधिकारीले कारोबारसँग भने, “उजुरी बढ्दै गए पनि हालै एक महिनाको सूचना निकाली म्यानपावर कम्पनीलाई दाबी रकम पीडित पक्षलाई भराउन निर्देशन दिएका छौं ।” विभागले अब अदालतबाट बिगो भराउन गरेको निर्णयलाई प्रभाकारीरूपमा कार्यान्वयन गरी रकम फिर्ता नपाएका उजुरीकर्तालाई बिगो दिने जनाएको छ ।

विभागले अघिल्लो आर्थिक वर्षमा ६९ करोड ५० लाख ९६ हजार ५ सय २ रूपैयाँ रकम दाबीसहित परेको उजुरीमध्ये ५ सय २० जनाले पाउने १० करोड ३६ लाख ७८ हजार रूपैया उजुरीकर्तालाई भराएको छ । यसरी नै गत आवमा ७५ करोड ७८ लाख ४१ हजार ८ सय ४ रूपैयाँ दाबीसहित २ हजार ३ सय ३ उजुरी दर्ता गरेकोमा ८ सय ४६ वटा उजुरीबापतको १५ करोड ९४ लाख १७ हजार ८ सय ८ उजुरीकर्तालाई भराउने निर्णय गरेको थियो ।

अघिल्लो आवको तुलनामा सरकारले पीडित पक्षलाई गत आवमा ५ करोड ५७ लाख ३९ हजार रूपैयाँ बढी बिगो भराउन सफल भएको छ । २ वर्षको अवधिमा सरकारले म्यानपावर कम्पनीबाट १३ करोड ८३ लाख ५४ हजार र व्याक्तिगत रूपमा १२ करोड ४७ लाख ४१ हजार बिगो उजुरीकर्तालाई भराएको छ । सो अवधिमा विभागले छिनोफनो हुन नसकेका ५४३ उजुरीलाई अदालतमा मुद्दा चलाएको थियो ।

व्यक्तिगत र संस्थागत रूपमा उजुरीको संख्या हेर्दा कानुनी रूपमा सरकारबाट दर्ता भइ सञ्चालनमा रहेका म्यानपावर एजेन्सीबिरुद्ध नै बढी उजुरी परेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा म्यानपावर कम्पनीबिरुद्ध १ हजार ४ सय ६८ उजुरी परेकोमा व्याक्तिगत रूपमा ७ सय ४ वटामात्र उजुरी दर्ता भएको देखिन्छ । यसरी नै गत आवमा म्यानपावर कम्पनी र व्याक्तिगत रूपमा क्रमशः १ हजार ४ सय ५२ र ९ सय ३१ उजुरी परेको देखिन्छ । कारोबारबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको