Like us!
Follow us!
Connect us!
Watch us!

असार १ देखि डिप्रोक्स र आदर्श लघुवित्तले एकीकृत कारोबार सुरु गर्ने

अर्थ संसार

मंगलबार, १६ जेठ २०८०, १० : ५१ मा प्रकाशित

असार १ देखि डिप्रोक्स र आदर्श लघुवित्तले एकीकृत कारोबार सुरु गर्ने

डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । यी दुई संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्झौतापश्चात् असार १ गतेदखि संयुक्त रुपमा एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १० भरतपुरमा रजिष्टार्ड कार्यालय रहेको डिप्रोक्स लघुवित्त र काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ बनेपामा रजिष्टार्ड कार्यालय रहेको आदर्श लघुवित्त वित्तीय संस्थाबीच गत फागुन ३० गते आ–आफ्नै वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरेपछि मर्जर प्रक्रिया अघि बढेको हो ।

साथै, नेपाल राष्ट्र बैंकको जेठ ३ गतेको पत्रबाट एक्विजिशन सम्बन्धी आर्दश लघुवित्तको अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु प्राप्ति गर्ने संस्था डिप्रोक्स लुघवित्तले ब्यहोर्ने गरी अन्तिम स्वीकृति प्राप्त भएको थियो । साथै यी दुर्य संस्थाको मर्जरलाई नेपाल धितोपत्र बोर्डले जेठ ९ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

सोही अनुसार संस्थाले ‘डिप्रोक्स लुघवित्त वित्तीय संस्था’ को नामबाट एकीकृत कारोबार संचालन गर्ने भएको हो । साथै एकीकृत कारोबारपश्चात् संस्थाको केन्द्रीय कार्यालय चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं। १० भरतपुरमा यथावत रहने कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको