अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कार्यान्वयन गर्नेमा शंका उपशंका नगर्न बताएका छन्। आज (मंगलबार) अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।
उनले यसपाली भिन्न किसिमले बजेट प्रस्तुत भएकाले शतप्रतिशत कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे। आयोजित पत्रकार सम्मेलनमा डा. महतले भने, ‘यसपाली बजेट भिन्न किसिमले आएको छ । बजेट त आएको हो तर कार्यान्वयन हुन्छ र ? भन्ने प्रश्न विगतमा उब्जिने गरेको भएपनि यसपटक बजेट कार्यान्वयन गर्न सकिन्छ।’
सोमबार १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत भएको छ। अर्थमन्त्री महतले यो वर्ष राजश्व वृद्धि हुने अनुमान गरेको बताए। बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन सकिने उनको भनाइ छ। राजश्व चलायमान भए शतप्रतिशत राजश्वको भोलुम बढ्ने उनले बताए। तर, पनि पुँजीको सुनिश्चिता चुनौतीपूर्ण रहेको उनको भनाइ छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस