अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व चोरी गर्ने ‘लुप होल’हरु टालिएको बताएका छन् । आज (मंगलबार) अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । अर्थमन्त्री डा.महतले खर्च धान्ने गरी राजस्व उठ्ने समेत आश्वासन व्यक्त गरे ।
पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले भने,‘ राजस्व चोरी गर्ने ‘लुप होल’हरु टालिएको छ । खर्च धान्ने गरी राजस्व उठ्ने छ ।’ बजेटको हाईलाईट पूँजीगत खर्चमा सुधार गर्नु रहेको उनले बताए । उनले सामाजिक सुरक्षामा खर्च कटौती गर्न नसकिने समेत औल्याए ।
उनले थपे, ‘बजेटको हाईलाईट पूँजीगत खर्चमा सुधार गर्नु हो । सामाजिक सुरक्षामा खर्च कटौती गर्न सकिदैन । चालू खर्च अधिकांश पूँजीगत खर्चमै पर्न जान्छ। ४ खर्ब ७१ अर्ब हुन जान्छ । बजेट अनुसार नै मौद्रिक नीति अनुसार नै आउने मेरो बिस्वास छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस