Like us!
Follow us!
Connect us!
Watch us!

सांसद विकास कोष ब्यूँतीएको छैन्, यसलाई नयाँ अवधारणाबाट ल्याइएको होः अर्थमन्त्री डा. महत

अर्थ संसार

मंगलबार, १६ जेठ २०८०, १५ : ४० मा प्रकाशित

सांसद विकास कोष ब्यूँतीएको छैन्, यसलाई नयाँ अवधारणाबाट ल्याइएको होः अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोष ब्यूँताएको नभएर नयाँ अवधारणाबाट ल्याइएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका सम्बन्धमा आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।

“संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा सांसदहरूको भूमिका आयोजना छनौट गर्ने मात्रै हो । आफ्नो क्षेत्रमा कुन र कस्तो आयोजना चाहिन्छ भनेर उहाँहरूलाई थाहा हुन्छ । सांसदहरुले सोझै नगदका रुपमा पाउने होइन । उहाँहरुले खल्तीमा हाल्ने पैसा होइन”, उनले भने । 

जनताको माग कुन क्षेत्रमा छ भनेर सम्बन्धित निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदलाई थाहा हुने र त्यस्ता आयोजनाको अनुगमनमा उनीहरु संलग्न हुने भएकाले झन प्रभावकारी हुने उनको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको