Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता चिन्तित हुनु स्वभाविक, सरकारसम्म कुरा पुर्याउँछु : बाेर्ड अध्यक्ष हमाल

अर्थ संसार

बुधबार, १७ जेठ २०८०, १२ : ०४ मा प्रकाशित

लगानीकर्ता चिन्तित हुनु स्वभाविक, सरकारसम्म कुरा पुर्याउँछु : बाेर्ड अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अहिलेको अवस्थामा लगानीकर्ताहरू चिन्तित हुनु स्वभाविक रहेको बताएका छन् । आज सेबोनमा पुगेका लगानीकर्ताहरूसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले आफूले लगानीकर्ताहरूको कुरा सरकारसम्म पुर्याउने आश्वासन दिलाएका छन् । साथै, उनले आज लगानीकर्ताहरू बोर्डमा पुग्दा आफूलाई काम गर्न थप उर्जा प्रदान भएको बताएका छन् ।

उनले भने, 'यो विषयमा जति चासो तपाईँहरूले राख्नु भएको छ त्यति नै चासो हामीले पनि राखेका छौँ । हामी आफैँ पनि यसमा अलिकति चिन्तित छौँ । बजेट आउनु भन्दा अगाडी नै हामीले विभिन्न बुँदाहरूमा लिखित सुझाव पनि दिएका थियौँ । लगानीकर्ताहरूलाई अफ्ठ्यारो परिरहेको अवस्था हामीले बुझेका थियौँ । त्यही भएर हामीले त बरू अहिलेको लाभकरमा एक वर्ष भन्दा बढीको लगानी गरेकोमा चाहीँ ५ प्रतिशत र साढे ७ प्रतिशतलाई पनि ५ प्रतिशतमा ल्याउने त्यो गरेको चाहीँ कारोबार बढाउने, लगानीकर्तामा उत्साह ल्याउने भन्ने सुझाव हामीले लिखित रूपमै पठाएका थियौँ । र बारम्बार गएर पनि हामीले बुझाएका थियौँ । अहिले जुन व्यवस्था आएको छ त्यसले सबैमा चिन्ता र चासो देखिनु स्वभाविक हो । नागरिकको हिसावले पनि गएर म भन्छु सरकारलाई र त्यसलाई मैले बोर्डको अधिकारको सीमामा रहेर लगानीकर्ताहरू मर्कामा परेका छन् यसलाई सरकारले चाँडो भन्दा चाँडो सम्बोधन गर्नुपर्यो भन्ने कुरा राख्छु । हामीले गर्नुपर्ने काम यही नै हो, तपाईँहरु नआएको भए पनि हामी यही नै गर्थ्यौँ । तपाईँहरू आएपछि थप उर्जा मिलेको छ । '

जेठ १५ गते नेपाल सरकारबाट प्रस्तुत बजेटकाे बुँदा नम्बर २९ मा भएकाे पूँजीगत लाभकरसम्बन्धी कुरामा आपत्ति जनाउँदै अभिभावकको नाताले लगानीकर्ताहरू आज सेबोनमा पुगेर आफ्नो कुरा सुनाएका थिए ।

हमालले लगानीकर्ताहरूलाइ निराश नहुन र नआत्तिन आग्रह गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको