Like us!
Follow us!
Connect us!
Watch us!

सानीमा बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेरौ, कम्पनीको विश्लेषण

शुक्रबार, २७ असोज २०७४, ०८ : १४ मा प्रकाशित

सानीमा बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेरौ,  कम्पनीको   विश्लेषण

 

सानिमा बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (शुक्रवार, २७ असोज २०७४)

प्रमुख गतिविधि
सानिमा बैङ्कले असोज २९ गते नक्सालमा आफ्नो १३औं वार्षिक साधारण गर्दै छ । कम्पनीले साधारणसभाका लागि असोज ६ गते बुक क्लोज मिति तय गरेको थियो र असोज ४ गतेसम्म रहेका लगानीकर्ताले प्रस्तावित बोनस शेयर पाउनेछन् ।

१६ प्रतिशत बोनसपछि बैङ्कको चुक्ता पूँजी ८ अर्ब पुग्नेछ । त्यस्तै, उसले काठमाडौंको गौशालामा ४७औं शाखा कार्यालय स्थापना गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथोे त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ बीच तुलना गर्दा :

  • बैङ्कले यो अवधिमा आफ्नो खुद नाफामा ३१ प्रतिशतको वृद्धि हासिल गरेको छ । यो त्रैमासमा कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा उसले ९९ करोड ६० लाख खुद नाफा कमाएको थियो ।

  • पूँजी वृद्धिसँगै प्रतिशेयर आम्दानीमा सङ्कुचन आएको छ । बैङ्कको गत २०७२÷७३ को प्रतिशेयर आम्दानी सामान्य सूत्रबाट निकाल्दा २१ दशमलव १४ रुपैयाँ हुन्छ, जुनसँग यो वर्षको प्रतिशेयर आम्दानी १८ दशमलव ५५ रुपैयाँ तुलान गर्दा थोरै मात्र कमी आएको हो ।

  • निक्षेप र कर्जाको कुरा गर्दा उसले यो चौथो त्रैमासमा ५८ अर्ब २२ करोड निक्षेप उठाई ५१ अर्ब ५६ करोड कर्जा प्रवाह गर्न सफल भएको छ ।

  • निक्षेप २५ प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह २७ प्रतिशत वृद्धि भएको छ ।

  • खुद ब्याज आम्दानी ३० प्रतिशत वृद्धि भएर २ अर्ब २४ करोड पुगेको छ । त्यस्तै, बैङ्कको सञ्चालन नाफा १ अर्ब ९९ करोड रहेको छ । आम्दानीमा १३ करोड २० लाख प्रोभिजन घट्न पुग्यो भने जोखीम कोषबाट ३३ लाख ९१ हजार फिर्ता हुन सफल भयो ।

  • निष्क्रिय कर्जा शून्य दशमलव शून्य १  प्रतिशतमा आएको छ भने निष्क्रिय कर्जाका लागि ११५७८ दशमलव १९ प्रतिशत रकम व्यवस्था गरेको छ ।

  • ब्याज दर वृद्धिका कारण कम्पनीको पूँजी कोष लागत भने वृद्धि भएको छ । उसको पूँजी कोष लागत ३ दशमलव ८२ प्रतिशतबाट वृद्धि भएर ५ दशमलव ३५ पुगेको छ भने ब्याज स्प्रेड दर ३ दशमलव ९७ प्रतिशत रहेको छ ।

निष्कर्ष
बैङ्क चौथो त्रैमाससम्म आइपुग्दा चुक्ता पूँजीसँगै खुद मुनाफा ३३ प्रतिशत भन्दा बढीले वृद्धि गर्न सफल भएको छ । निष्क्रिय कर्जा अनुपातलाई शून्य दशमलव शून्य २ प्रतिशतबाट शून्य दशमलव शून्य १ प्रतिशतमा झारेको छ, जुन शून्य बराबर हो । वाणिज्य बैङ्कहरूमा निष्क्रिय कर्जा अनुपात सबैभन्दा कम हुनु यस बैङ्कको सबैभन्दा सकारात्मक पक्ष हो ।

यस अवधिमा पूँजी वृद्धिसँगै निक्षेप र कर्जा विस्तार गर्न सफल भए पनि खुद मुनाफा वृद्धि प्रतिशत केही कम हुँदा बैङ्कको प्रतिशेयर आम्दानीमा सङ्कुचन आएको देखिन्छ । विगतदेखि क्रमबद्ध प्रगति गर्दै आएको कम्पनीले आउने दिनमा पनि यो गति कायम राख्न सक्ने देखिन्छ ।

प्राविधिक विश्लेषण : २१ दिने मुभिङ एभरेजमा प्रतिरोध

प्रतिरोध २ : ३५५ । प्रतिरोध १ : ३५० । हालको अन्तिम मूल्य : ३३६ । टेवा १ : ३३० । टेवा २ : ३००

बजारको अवस्था
६ महीनादेखि घट्दो प्रवृत्तिमा रहेको सानिमा बैङ्कको शेयरमूल्य केही हप्तायता पनि घट्दो प्रवृत्तिमा नै छ । बिहीवार यस बैङ्कको शेयरमूल्य ६ रुपैयाँ अर्थात् १ दशमलव ८२ प्रतिशत बढेर ३ सय ३६ रुपैयाँमा बन्द भएको छ भने २० हजार ९ सय ६० कित्ता शेयर कारोबार भएको छ ।

मुभिङ एभरेज
६ दिने मुभिङ एभरेजअनुसार सानिमा बैङ्कको शेयरमूल्य बढ्दो प्रवृत्तिमा छ भने २१ दिने मुभिङ एभरेजअनुसार घट्दो प्रवृत्तिमा देखिन्छ । ६ दिने मुभिङ एभरेज २१ दिने मुभिङ एभरेजभन्दा माथि गएको खण्डमा बजार बढ्दो प्रवृत्तिमा जाने सम्भावना बढ्नेछ ।

एडीएक्स
एडीएक्स सूचकअनुसार यस कम्पनीको शेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको छ ।

एटीआर
एटीआर सूचक बढ्दो प्रवृत्तिमा रहेको हुनाले यस बैङ्कको शेयरमूल्यमा उतारचढाव बढ्दै गएको बुझाउँछ ।

स्टोकास्टिक
स्टोकास्टिक सूचकबमोजिम यस बैङ्कको शेयरमा खरीदकर्ताको चाप बढ्न थालेको सङ्केत गर्छ ।

निष्कर्ष
विभिन्न प्राविधिक सूचकले यस कम्पनीको शेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको बुझाएको हुनाले प्रस्ट सङ्केत नगरेसम्म यस कम्पनीको शेयरमूल्य ‘पर्ख र हेर’को अवस्थामा छ । अभियानबाट

59e027464ba26.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको