Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता व्यापारी होइनन्, सरकारले जाल थाप्यो : काकासँग विशेष बहस (भिडियाे)

अर्थ संसार

विहीबार, १८ जेठ २०८०, १३ : ११ मा प्रकाशित

दुई वर्ष अगाडि पूँजीगत लाभकर ५ प्रतिशतबाट एकैचोटी ५० प्रतिशतले बढाएर साढे ७ प्रतिशत पुर्याइयो त्यो लगानीकर्ताहरूले स्विकारेकै थिए तर अहिलेको कर नीति भने स्विकार गर्न नसकिने सेयर विश्लेषक केशव कोइराला (काका) बताउँछन् । अर्थ संसारको कार्यक्रम अर्थ संसार विशेषमा कुराकानी गर्दै उनले यस्तो बताएका छन् ।

यसपालीको आर्थिक विधेयकमा समेटिएको बुँदा नम्बर २९ हेर्दा जाल थापेको जस्तै देखिने उनले बताए । झट्ट हेर्दा त्यहाँ सेयर लगानीकर्ताहरू समावेश हुने जस्तो नदेखिने तर बुझ्दा खेरी लगानीकर्ता मर्कामा पार्ने गरी नीति ल्याइएको उनको तर्क छ । यो बुँदा एकदमै अव्यवहारिक रहेको उनी बताउँछन् ।  सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूलाई मात्र नभएर घर जग्गामा लगानी गर्ने व्यक्तिहरू समेत यो नीतिबाट मर्कामा पर्ने उनले बताए ।

सरकारलाई अफ्ठ्यारो परेको भए १-२ प्रतिशत कर बढाएको भए बुझिन्थ्यो तर लगानीकर्ताहरूलाई व्यवसायी बनाएकोमा उनको गुनासो छ । सेयर बजार व्यापार नभएर लगानी रहेको उनी बताउँछन् । व्यवसाय दर्ता गरेर कारोबार गर्ने व्यवसायी र व्यापारीसँग लगानीकर्ताहरूलाई तुलना गर्न नहुने उनले बताए । 'सेयर किन्नु भनेको एसेट किन्नु हो र त्यसको स्वामित्व लिइएको हो, यो कुनै व्यापार हैन ।' उनले भने ।

खर्च धेरै भएर तिर्न नसकेपछि कर मार्फत् सरकारले लुटेको उनले बताए । खर्च घटाउन सरकारले सोच्नुपर्ने बेला आएको भन्दै उनले वान बाई वान खर्च घटाउने उदाहरण दिएका छन् । एक लाख सेना, प्रहरी र सेना भईसकेपछि पनि शसत्र प्रहरी, प्रदेश नामको घाडो, झण्डा हल्लाएर मन्त्रालय राखिनु लगायतले खर्च धेरै बढाएको उनले उदाहरण दिए ।

लगानीकर्ताले अहिले कर नीति फिर्ता लिनैपर्ने उनले बताए । यसको कुनै विकल्प नरहेको पनि उनी बताउँछन् । अहिलेको अवस्थामा आत्तिएर सेयर बेचेर भाग्नु भन्दा पनि डटेर लड्नुपर्ने उनले लगानीकर्ताहरूलाई सुझाव दिएका छन् ।

काकासँग गरिएकाे बहसकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको