सेयर लगानीकर्ताहरूको पाचौँ दिनको आन्दोलन आज भव्य रूपमा भइरहेकाे छ । आजको आन्दोलनमा विभिन्न संघ संगठनसहित, मर्चेन्ट बैंक र ब्रोकरहरूको समेत बाक्लो उपस्थिती देखिएको छ । चर्चित सेयर विश्लेषक केशव काेइराला 'काका' पनि आन्दोलनमा पुगेका छन् ।
पूँजी बजारको विकास र विस्तारका लागि गरिएको आन्दोलनमा आफ्नो समर्थन जनाउँदै आन्दोलनमा पुगेको उनले बताए ।
अर्थ संसारसँगको कुराकानीमा उनले भने, पूँजी बजारको विकास र विस्तारका लागि गरिएको मागमा हामी सबैको समर्थन छ त्यसै भनेर हामी पनि यहाँ आएका हौँ । ४१२ नीतिमा चाहीँ मेरो समर्थन छैन । ४१२ कायम हुनुपर्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस