Like us!
Follow us!
Connect us!
Watch us!

घटेको बेला सेयर नबेचौ,जब बढाउछन अनि मात्रै विचार गरौ- केशव कोइराला

अर्थ संसार

आइतबार, ११ बैशाख २०७९, ०९ : ३८ मा प्रकाशित

घटेको बेला सेयर नबेचौ,जब बढाउछन अनि मात्रै विचार गरौ- केशव कोइराला

सेयर बजारका काका नामले परिचित केशव कोइरालाले बजार धेरै घटेको बेला सेयर नबेचौ,जब बढाउछन अनि मात्रै विचार गरौ भन्दै आफ्नो सामजिक संजालमा अपडेट गरेका छन्। 

कोइराला लेख्छन 

१.अब बजार कसले बढाउछ?

-ठुला खेलाडीहरुले एकपटक बजार सकेसम्म बढाउने कोशिश गर्छन।

२.किन बढाउछन?

-किनकि अधिकांश ठुला खेलाडीहरुले सबै ट्रेडिङ गर्ने सेयर बेच्न सकेका छैनन।केही सय अंक बढाएर उनिहरु सग भएको ट्रेडिङ सेयर फाल्न बढाउने कोशिश गर्छन।

३.कहिले बढाउछन?

-बजार सकेसम्म तल्लो बिन्दुमा झर्न दिन्छन।त्यसपछि उनिहरुले तलको मुल्यमा एभरेज गरेर हुत्याउदै माथि लान कोशिश गर्छन।

४. कहिले सम्म बढ्ला?

-जब आम लगानी कर्ताले थर्ड वेभ शुरु भयो,अब अलटाइम हाइ जाने भयो भनेर भकाभक किन्न थाल्छौ त्यसपछि ठुला खेलाडीहरुले हामीलाई बेच्न शुरु गर्छन अनि फेरि उहि कहानी।

बजार धेरै घटेको बेला सेयर नबेचौ,जब बढाउछन अनि मात्रै बिचार गरौ।

यसपटक नयाँ लगानी कर्ताहरु पनि धेरै चलाख भैसकेका देखिन्छन् ।ठुला उम्कनु पहिले नै नयाँ सानाले काम फत्ते गर्दैछन।

य‍ो मेरो नितान्त ब्यक्तिगत अनुमान हो।यसैलाई आधार मानेर खरिदबिक्री नगर्नु होला।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको