Like us!
Follow us!
Connect us!
Watch us!

यो वर्ष बजार १८०० मुनि जाने सम्भावना कम छ : काका

अर्थ संसार

आइतबार, ०३ पुस २०७९, १३ : ३३ मा प्रकाशित

सेयर बजारमा सिजनल बुल आउने समय भएको लगानीकर्ताहरुका माझ काकाको नामले परिचित केशव कोइराला बताउँछन्। अर्थ संसारकाे नियमित कार्यक्रम अर्थ संसार विशेषमा कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् ।

उनले भने, "हाम्रो बजारमा चाहीँ चाहे बुल होस् चाहे बियरिस होस् एउटा सिजनल ट्रेड पनि हुन्छ एउटा सिजनल बुल आउने हाम्रो बजार छ । त्यो सिजनल बुलमा चाहीँ साधारणतया डिसेम्बरदेखि मार्चसम्म अलिक तल्लो विन्दुमा बजार आउने अनि मार्चदेखि लिएर जुलाईसम्म चाहीँ अलिकति माथिल्लो लेभलमा जाने जुन पछिल्ला ट्रेन्डहरू छन् अधिकांश ट्रेन्डहरू त्यो हेरेर चाहीँ बजारमा अलिकति अब कृयाशिल हुनुपर्छ की जस्तो लागेको छ ।"

अहिलेकोे अवस्थामा आफूले पनि महँगो ब्याजदरमा ॠण लिएर लगानी नगर्ने र अरूलाई पनि गर्न आग्रह नगर्ने उनी बताउँछन् ।

कुराकानी कै क्रममा उनले आफूले यो वर्ष बजार १८०० मुनि जाने सम्भावना कम देखेकाे बताए । उनले भने, "बजारमा अब एउटा सिजनल बुल आउनुपर्ने हाे । आउँछ भन्ने कुनै ग्यारेन्टी छैन । सेयर बजारमा ग्यारेन्टी भन्ने के छ र । अब अहिले तत्काल बजार १८ सय मुनी जाँदैन भन्ने सबैको विश्वास छ । मलाई पनि विश्वास लागेको छ । तर जाँदै जाँदैन भनेर त कसले भन्छ । जान पनि सक्छ नी । तर पनि के छ भने १८ सय मुनी गए पनि एउटा सिजनल बुल त आउँछ । कमसेकम आजको विन्दुबाट १५ देखि २५-३० प्रतिशतसम्मको बढ्ने सिजनल बुल त पक्कै आउला ।"

सिजनल बुलका लागि लगानीकर्ताहरू तयार भएर बस्नुपर्ने उनकाे धारणा छ । 

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको