Like us!
Follow us!
Connect us!
Watch us!

काकासँग अफ द बीट : बजारबाट फस्दा श्रीमतीको गालीदेखि घुमघामसम्मका कुरा

अर्थ संसार

सोमबार, ०८ साउन २०८०, ११ : ५१ मा प्रकाशित

अर्थ संसार डटकमले 'अफ द बीट' (Off The Beat) नामक नयाँ कार्यक्रम सुरू गरेको त यहाँहरू सबैलाई अवगतै होला । अफ द बीटमा हामी औपचारिक भन्दा पनि रमाइला कुराकानी गर्ने गर्दछौँ । अफ द बीटको नयाँ श्रृङ्खलामा हामीले काकाको नामले परिचित सेयर विश्लेषक केशव कोइरालासँग रमाइला कुराकानी गरेका छौँ ।

बिहान उठेर मर्निङ वाक गरेर, नुवाईधुवाई गरेर, पूजापाठ गरेर, खानपीन गरेर अफिसमा गएर बसेपछि साढे १० बजे प्रीओपन सेसन सुरू भएदेखि ३ बजेसम्म सेयर किनबेच गर्ने अनि आफ्नो काम सक्किएपछि घर फर्किएर आउने यसरी बितिरहेको छ काकाको आजकालको दिनचर्या ।

उनलाई चिनेका प्राय सबैले आजकाल उनलाई काका भनेरै सम्बोधन गर्छन् । पहिला पहिला आफू भन्दा ठूलो मान्छेले पनि काका भनेर बोलाउँदा आफूलाई अलिकति अड फिल हुने गरेको उनी बताउँछन् । आजकाल भने उनलाई बानी परिसकेको छ । हाम्रो निमर्ल प्रधान सरले पनि काका भन्नुहुन्छ अलिकति अड लाग्छ भन्दै हाँस्छन् उनी ।

सादा जीवन उच्च विचार उनको मूलमन्त्र जस्तै छ । सोचाई ठूलो राख्ने तर जीवनयापन भने सानो रहेको भन्दै उनले भने, 'किसानको छोरो हुँ अहिले पनि म ठूलो मान्छे हुन सक्या छैन, म सानै मान्छे हो ।'

सेयर बजारबाहेक बाहिर उनी राजनीतिमा चाख लिन्छन् तर गर्न चाहीँ हैन । अहिले सेयर बजार त उनको कार्यस्थल नै भईसकेको छ । खेलकुदमा पनि रूची लाग्छ उनलाई । पहिला पहिला उनी क्रिकेट खुब ध्यान दिएर हेर्ने गर्थे रे । तर आजकाल भने फुर्सद नपाएको उनी बताउँछन् । 

राजनीतिमा रूची रहेका उनले विद्यार्थी कालमा कम्युनिस्ट पार्टीमा संलग्न रहेर राजनीति पनि गरेका थिए । एमाले पार्टीको संगठीत सदस्य रहेको लामो अनुभव पनि उनीसँग छ । आफू संगठीत सदस्य मात्रै बसेको कुनै पदमा बसेर केही स्वार्थपूर्तीका लागि कहिल्यै काम नगरेको उनी बताउँछन् । अहिले उनी कुनै पार्टीमा आवद्ध छैनन् तर राजनीतिमा चाहीँ बडो चाख राख्छन् । 

बालेन साह अनि उनी जस्तै युवाहरूलाई देशको भविष्यको रूपमा हेर्दछन् उनले । 'घरले जाजा घाटले आइज आइज' भन्ने उमेर भएका व्यक्तिहरूले अहिले युवा पुस्ताको भविष्य बन्धक बनाएर राखेका उनले बताए । यस्ता व्यक्तिहरूलाई मुक्ति दिएर बालेन र बालेन जस्ता मान्छेहरू अगाडि आउनुपर्ने उनको धारणा छ । 

यदि बालेन जस्ता राम्रा युवाहरूले पार्टी खोलेर राम्रा एजेन्डा लिएर आएर तपाईँले सदस्यता मात्रै भए पनि लिनुपर्छ भने भने कुनै पदमा बसेर राजनीति नगर्ने गरी सदस्यता चाहीँ लिने उनी बताउँछन् । नेपालको राजनीतिको वर्तमान अन्धकार रहेपनि भविष्य सुनौलो देखेका छन् उनले । 

परिवारकाे कुरा जाेड्दा उनले भने, 'परिवारमा म मात्रै सेयर बजारमा संलग्न हाे । पैसा कमायाे भने सपाेर्ट हुन्छ, गुमाएकाे बेला गाली खाइन्छ । बियरिस बजारमा, अझ जसले सेयर बजारमा काम गर्न सुरू गर्याे हैन बुलमा पस्छ पैसा सिधिन्छ, पैसा सिधिएपछि अर्काे बुल नआउन्जेलसम्म परिवारकाे गाली खाइन्छ । सबैकाे गाली खान्छन् त्यसमा श्रीमान् पनि पर्न सक्छन् श्रीमती पनि, मैले पनि बिलकुल गाली खाकाे छु । श्रीमती सेयर बजारमा पसिन् श्रीमान् संलग्न छैनन् भने श्रीमतीले गाली खान्छन् । श्रीमती बजारमा छैनन् श्रीमान् छन् भने श्रीमानले गाली खान्छन् । श्रीमान र श्रीमती दुवै सेयर बजामा पसे भनेचाहीँ दुवैलाई थाहा हुन्छ, याे हाम्राे भाग्य नै यस्तै रहेछ एकचाेेटी फसे फेरि कमाइन्छ भन्छन् कसैले कसैलाई गाली गर्दैनन् ।'

उनीसँगकाे रमाइलाे कुराकानीकाे भिडियाे हेर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको