Like us!
Follow us!
Connect us!
Watch us!

३ वटै लगानीकर्ता संगठनको एउटै आवाज, 'आन्दोलनमा पूर्ण समर्थन छ, वार्तामा व्यस्त छौँ'

अर्थ संसार

विहीबार, १८ जेठ २०८०, १५ : ०२ मा प्रकाशित

३ वटै लगानीकर्ता संगठनको एउटै आवाज, 'आन्दोलनमा पूर्ण समर्थन छ, वार्तामा व्यस्त छौँ'

यतिबेला सेयर लगानीकर्ताहरूले आर्थिक विधेयकमार्फत् ल्याइएको कर नीतिविरूद्ध विरोधका कार्यक्रमहरू गरिरहेका छन् । हिजो उनीहरू नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पुगेर बोर्ड अध्यक्ष रमेश कुमार हमालसँग भेटवार्ता गरेका थिए ।

विरोध कार्यक्रमलाई निरन्तरता दिँदै आज लगानीकर्ताहरू बिहान १० बजे अग्रवाल भवन कमलपोखरीमा भेला भए । त्यहाँबाट उनीहरूले केही निर्णय र घोषणा गरे । आजै सेबोन, नेप्से, ब्रोकर एसोसिएन पुगेर पत्र समेत बुझाए । लगानीकर्ताहरू आज विभिन्न ब्रोकर कार्यालयमा पनि पुगेर माग पुरा नभएसम्म टिएमएस बन्द गरेर आफूहरूलाई सहयोग गर्न आग्रह गरे । 

आजको विरोध कार्यक्रममा लगानीकर्ता संगठनहरूबाट नेतृत्व गर्दै कोही उपस्थित नभएपछि त्यहाँ प्रश्नहरू उठे । लगानीकर्ताको हक हितका लागि भनेर खोलिएका संगठनहरूबाट नै कोही उपस्थित किन भएनन् भनेर केही आवाजहरू कार्यक्रममा चर्किए । त्यसैले, हामीले लगानीकर्ताका ३ वटा संगठनसँग आन्दोलनबारे उनीहरूको राय बुझ्न कुराकानी गरेका छौँ । तीनै वटा लगानीकर्ता संगठनका प्रतिनिधीहरूले यस आन्दोलनमा आफूहरू पूर्ण समर्थन रहेको अभिव्यक्ति दिएका छन् । 

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले भने, "आन्दोलनलाई हाम्रो एकदम पूर्ण समर्थन छ । हामी अहिले वार्तामै व्यस्त छौँ । ठिक छ सडकबाट सदबाट भनेजस्तै हामी सडकबाट कार्यालयबाट जानुपर्छ । साथीहरू सडकमा हुनुहुन्छ राम्रो छ, हाम्रो पूर्ण नैतिक समर्थन छ । हामी चाहीँ अहिले वार्ताकै क्रममा छौँ । वार्ताबाटै केही निचोट निक्लिन्छ की भन्नेमा व्यस्त छौँ अहिले हामी । यो भनेको पनि आन्दोलन नै हो हाम्रो । साथीहरूले गर्नुभएको काममा हामी सहमत छौँ, खाली हामी संगठनका २(४ जना मात्र वार्तामा व्यस्त भएकाले त्यहाँ नगएका हौँ ।"

"हामी तीन वटा टाउको मात्रै नगएका हौँ हाम्रा सबै साथीहरू त्यहीँ हुनुहुन्छ । त्यहाँ उपस्थित सबैजना हाम्रै साथीहरू हुनुहुन्छ । हामी तीन वटा टाउको चाहीँ वार्तामा छौँ । सबैतिर हामी नै पुग्न सम्भव हुँदैन तर आन्दोलनमा एकदमै समर्थन छ हाम्रो । हामी पनि बजारकै लागि वार्तामा छौँ । ", नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलले गरिन् ।

शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल भन्छन्, "हाम्रो समर्थन छ बजारको हक हितका लागि गरिने काममा हाम्रो समर्थन नहुने कुरै छैन । साथीहरू त्यहाँ गरिरनु भाछ हामी पनि आफ्नै हिसाबले यहाँ लबिङहरू गरिराको छौँ । हामी पनि बजारकै विकासका लागि दौडिराछौँ । आन्दोलनमा साथीहरू होमिनु भाछ हाम्रो एकदम समर्थन छ, नैतिक समर्थन नहुने कुरै भएन । फिजिक्कली चाहीँ हाम्रो आज अन्यत्र जानुपर्ने काम भएकाले त्यहाँ उपस्थित हुन नसेकेको मात्र हौँ, अरू त्यस्तो केही होइन ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको