Like us!
Follow us!
Connect us!
Watch us!

आन्तरिक राजस्व विभागले निकाल्यो अर्को नयाँ विज्ञप्ति 'प्राकृतिक व्यक्तिलाई पुँजीगत लाभकर नै अन्तिम'

अर्थ संसार

विहीबार, १८ जेठ २०८०, २० : ३९ मा प्रकाशित

आन्तरिक राजस्व विभागले निकाल्यो अर्को नयाँ विज्ञप्ति  'प्राकृतिक व्यक्तिलाई पुँजीगत लाभकर नै अन्तिम'

आन्तरिक राजस्व विभागले आर्थिक विधेयक, २०८० को दफा २९ को व्यवस्थालाई फेरि विज्ञप्ति जारी गर्दै थप स्पष्ट पारेको छ। विभागले पुँजीबजारको हकमा पुँजीगत लाभकर नै अन्तिम कर भन्दै बुधबार जारी सूचनामा उल्लेख छ। 

विज्ञप्तिमा  "आर्थिक विधेयक, २०८० को दफा २९ बमोजिम धितोपत्रको नियमित व्यवसायिक कारोबार गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका सम्बन्धमा शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुमा केही द्विविधा उत्पन्न भएको विषय विभिन्न संचारमाध्यमवाट जानकारीमा आएको साथै नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघद्धारा जारी संयुक्त प्रेश विज्ञप्ति समेत प्राप्त हुन आएको सन्दर्भमा निम्नानुसार स्पष्ट गरिएको व्यहोरा अनुरोध छ। व्यवसायको रुपमा नभई प्राकृतिक व्यक्तिले लगानी गरेको धितोपत्रहरु विक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ। त्यस्तो कारोबारवाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारीको लागि यो सूचना जारी गरिएको छ।"

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको