आज आइतबार सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजार ५३.०३ अंकले बढेर १९१९.३७ को बिन्दुमा कायम भएको हो ।
आम सेयर लगानीकर्ता र सरकारबीच सहमती भएपश्चात सेयर बजार उच्च अंकले बढेको हो । आज सेयर बजार बढेसँगै पाँच कम्पनीको सेयरमूल्यमा सर्किट लागेको छ । आज एकीकृत कारोबारपश्चात पहिलो दिन सेयर कारोबार भएको आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमा सर्किट लागेको छ ।
त्यस्तै, सामुदायिक लघुवित्त, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १, सोल्टी होटल र तारागाँउ रिजेन्सी होटलको शेयरमूल्यमा सर्किट लागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस