Like us!
Follow us!
Connect us!
Watch us!

बजेटमाथि सामान्य छलफल प्रारम्भ

अर्थ संसार

सोमबार, २२ जेठ २०८०, १७ : ३६ मा प्रकाशित

बजेटमाथि सामान्य छलफल प्रारम्भ

प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आव २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।  

बैठकमा उक्त छलफलमाथि सांसदहरूले दलीय आधारमा आफ्ना धारणा व्यक्त गरिरहेका छन् । मन्त्री डा. महतले यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र८१ बजेट प्रस्तुत गरेका थिए ।-रासस/File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको