Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एक कम्पनीको आइपीओ सुचीकृत, कति पायो ओपनिङ्ग रेन्ज ?

अर्थ संसार

बुधबार, २४ जेठ २०८०, १२ : ३७ मा प्रकाशित

नेप्सेमा एक कम्पनीको आइपीओ सुचीकृत, कति पायो ओपनिङ्ग रेन्ज ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार १ कम्पनीको आइपीओ सेयर सूचीकृत भएको छ । स्टकका अनुसार आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ सेयर सूचीकृत भएको हो ।

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको अंकित मूल्य १०० रुपैयाँ दरका ५४,४०,५३४ कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले सर्वसाधारण समक्ष एनआईसी एशिया क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण सेयर खुल्ला बिक्री आव्हान गरेको छ।

कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ६७.६३ रुपैयाँ देखि २०२ रुपैयाँ ८९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा बिहिबारदेखि कम्पनीको सेयर कारोबार खुल्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको