Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सीमित व्यक्तिले मात्र फाइदा लिने प्रवृत्तिको अन्त्य हुनुपर्छः अर्थमन्त्री डा. महत

अर्थ संसार

विहीबार, २५ जेठ २०८०, १० : ४८ मा प्रकाशित

सेयर बजारमा सीमित व्यक्तिले मात्र फाइदा लिने प्रवृत्तिको अन्त्य हुनुपर्छः अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा सीमित व्यक्तिले मात्र फाइदा लिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । आज (बिहीबार) नेपाल धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रम उनले सेयर बजारमा सीमित व्यक्तिले मात्र फाइदा लिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका हुन् ।

५६ लाख डिम्याट होल्डरलाई देखाएर सीमित समूहले फाइदा लिने गरेको भन्दै उनले यसको अन्त्य हुनुपर्नेमा जोड दिए । थोरै लगानी गर्नेले पनि सेयर बजारबाट कमाउने वातावरण बनाउनुपर्ने उनको भनाई । सेयर बजारमा खेल्ने समूहले करको कुरा उठाएर फाइदा लिएको उनको तर्क छ ।

उक्त समूहले बजारमा सेयरका विषयमा भ्रम सिर्जना गरेको र यो हुन नदिन आफू दृढ रहेको पनि उनले प्रष्ट्याए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको