Like us!
Follow us!
Connect us!
Watch us!

यस्ता सेयरमा लगानी नगर्न धितोपत्र बोर्डको आग्रह

अर्थ संसार

विहीबार, २५ जेठ २०८०, १६ : ३५ मा प्रकाशित

यस्ता सेयरमा लगानी नगर्न धितोपत्र बोर्डको आग्रह

नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले सर्वसाधारण लगानीकर्ताहरूलाई ध्यानाकर्षण गराउँदै सूचना जारी गरेकाे छ । सेबाेनले बोर्डबाट स्वीकृति प्राप्त नगरेका निष्कासन तथा योजनाहरुमा सहभागी नहुन सर्वसाधारण लगानीकर्ताहरुलाई आग्रह गरेकाे हाे ।

मनकामना दरौदी हाइड्रोपावर कम्पनी लिमिटेडले हिजाे जेठ २४ गतेको आर्थिक अभियान राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी सर्वसाधारणहरुलाई लक्षित गरी सेयरमा लगानीका लागि आव्हान गरेको विज्ञापनप्रति बोर्डले गम्भिर ध्यानाकर्षण जनाएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ (१) मा संगठित संस्थाले आफूले निष्कासन गर्ने धितोपत्र निष्कासन गर्नुअघि बोर्डमा दर्ता गराउनु पर्ने र दफा २९ (१) मा संगठित संस्थाले एक पटकमा पचास जना भन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्कासन गर्नुपर्ने भन्ने व्यवस्था रहेको छ ।

बोर्डको स्वीकृती बिना नेपालमा धितोपत्रको निष्कासन गर्ने कार्य गैरकानूनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानूनी व्यवस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने हुँदा कुनै पनि कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्कासनमा लगानी गर्दा बोर्डबाट स्वीकृति प्राप्त गरेको निष्कासनमा मात्र लगानी गर्नुहुन सर्वसाधारण लगानीकर्ताहरुलाई बाेर्डले अनुरोध गरेकाे छ ।

सूचना हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको