Like us!
Follow us!
Connect us!
Watch us!

सेयरधनीहरुलाई लाभांश बुझिलिन कामना सेवा विकास बैंकको आग्रह

अर्थ संसार

शुक्रबार, २६ जेठ २०८०, ११ : ११ मा प्रकाशित

सेयरधनीहरुलाई लाभांश बुझिलिन कामना सेवा विकास बैंकको आग्रह

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले आफ्नो ११औं वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७३/७४ को नगद लाभांश हालसम्म पनि बुझिलिन बाँकी रहेकाले उक्त लाभांश सेयरधनीहरुलाई एक महिनाभित्र बुझिलिन आग्रह गरेको हो ।

सेयरधनीहरुले सो अवधिभित्र आफ्नो बक्यौता नगद लाभांश बुझिलिन नआएको खण्डमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ । 

सम्बन्धीत सेयरधनीहरुले सो लाभांश सेयर रजिष्ट्रार कार्यालय बिओके क्यापिटल मार्केट लिमिटेड नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको