Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकका ग्राहकले चिल्ली बार एण्ड रेस्टुरेन्टमा १२ र हमालयन ग्लोरी इन, हिमालयन गेस्ट हाउसमा १५ प्रतिशतसम्म छुट पाउने

अर्थ संसार

विहीबार, १८ साउन २०८०, १२ : ५९ मा प्रकाशित

कामना सेवा विकास बैंकका ग्राहकले चिल्ली बार एण्ड रेस्टुरेन्टमा १२ र हमालयन ग्लोरी इन, हिमालयन गेस्ट हाउसमा १५ प्रतिशतसम्म छुट पाउने

कामना सेवा विकास बैंक र चिल्ली बार एण्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसबीच मर्चेन्ट सम्झौता भएको छ । हिजो (बुधबार) सो सम्झौता भएको हो ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले पोखरा–०६, लेकसाइड स्थित चिल्ली बार एण्ड रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १२ प्रतिशत सम्म र हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको