Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंक र आईएनजीए सपिङ कम्प्लेक्सबीच छुट सम्झौता

अर्थ संसार

शुक्रबार, १४ बैशाख २०८१, १८ : ०८ मा प्रकाशित

कामना सेवा विकास बैंक र आईएनजीए सपिङ कम्प्लेक्सबीच छुट सम्झौता

कामना सेवा विकास बैंकले रुपन्देहीको तिलोत्तमास्थित आईएनजीए सपिङ कम्प्लेक्ससँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले सपिङ कम्प्लेक्सको विभिन्न सेवा जस्तैः कपडाहरु, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी–फुड तथा एफएमसीजी–नन–फुडमा १० प्रतिशत छुट सम्म प्राप्त गर्न सक्नेछन्।

ग्राहकले बैंक सँगको आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।

हाल बैंकले आफ्ना १३५ सञ्जाल, ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत आफ्नो अत्याधुनिक सेवासुविधा प्रदान गरिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको