कामना सेवा विकास बैंक र डोच र डोरिस रेस्टुरेन्ट बीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले काठमाडौं, पुतलीसडक स्थित डोच र डोरिस रेस्टुरेन्टमाले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिने बैंकले जनाएको हो ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस