Like us!
Follow us!
Connect us!
Watch us!

भविष्यमा हुन सक्ने आर्थिक क्षतिलाई कभर गर्न बिमा, पुनर्बीमा र ब्रोकरहरुको क्षमता बढाउनुपर्छ: अर्थमन्त्री डा. महत

अर्थ संसार

शुक्रबार, २६ जेठ २०८०, १२ : ०४ मा प्रकाशित

भविष्यमा हुन सक्ने आर्थिक क्षतिलाई कभर गर्न बिमा, पुनर्बीमा र ब्रोकरहरुको क्षमता बढाउनुपर्छ: अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले एशियाली मुलुकमा वातावरण परिवर्तनको जोखिम उच्च रहेकाले भविष्यमा हुन सक्ने आर्थिक तथा भौतिक क्षतिलाई कभर गर्नका लागि बीमा कम्पनी, पुनर्बीमा कम्पनी र ब्रोकरहरुको क्षमता बढाउन पर्नेमा जोड दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा काठमाडौँमा शुक्रबार आयोजित एसियाली बीमा सम्मेलनलाई संबोधन गर्दै उनले उक्त विषयमा जोड दिएका हुन् । 

दिगो विकासका लागि बीमाको महत्वपुर्ण भुमिका रहेको भन्दै अर्थमन्त्री महतले सामाजिक, आर्थिक, साइबर र वातावरणीय जोखिम न्युनिकरणका क्षेत्रमा बीमाले काम गर्दै आइरहेको बताएका छन् । 

उनले नयाँ प्रविधिको प्रयोग गरेर बीमाको पहुँच बढाउन समेत जोड दिएका छन् । पछिल्लो समय नयाँ सूचना तथा प्रविधिको विकासका क्रममा एआई जस्ता प्रविधिको विकास भइसकेको सन्दर्भमा बीमा क्षेत्रले पनि यस्ता प्रविधिलाई अपनत्व गर्नु पर्ने उनले बताए । बीमाको पहुँच बढाउनका लागि बीमाको संरचना र अण्डर्राइटिङमा पनि विशेष ध्यान पुर्याउनु पर्ने उनको भनाइ छ ।

डा. महतले जोखिम बहन क्षमता बढाउनका लागि एशियाली मुलुकका सबै देशहरुलाई संयुक्त प्रयास गर्न आह्वान गरेका छन् । उनले भने ‘यदि हामी सबैले समन्वयात्मक रुपमा क्षमता बढाउने प्रयास गर्यौ भने दीगो विकासमा सफल हुनेछौ ।’ बीमाले ग्राहकको विश्वास बढाउने काम गर्नु पर्नेमा उनले जोड दिए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको