Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् नेपाली सेयर बजारका १० महँगा कम्पनी

अर्थ संसार

शुक्रबार, २६ जेठ २०८०, १६ : ५५ मा प्रकाशित

यी हुन् नेपाली सेयर बजारका १० महँगा कम्पनी

धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुल २२५ वटा कम्पनीहरू सूचिकृत रहेका छन् । यी २२५ वटा कम्पनीहरूलाई १३ वटा समूहमा विभाजन गरी कारोबार हुने गर्दछ । 

लगातार ओरालो यात्रामा रहेको बजारमा पछिल्लो केही दिन यता सुधार देखिन थालेको छ । बजारमा लगातार गिरावट देखिँदा नेप्सेमा सूचिकृत कम्पनीहरूको सेयरमूल्य पनि निकै सस्तिएको थियो । अझै पनि नेप्सेमा सूचिकृत अधिकांश कम्पनीको मूल्य निकै सस्तिएको छ । सस्ता भन्दा पनि आज हामी यहाँ नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत सबैभन्दा महँगा १० कम्पनीको सेयरमूल्यको बारेमा चर्चा गर्नेछौँ ।

जेठ २५ गते बिहीबार अनुसार नेप्सेमा सूचिकृत सबैभन्दा महँगा १० कम्पनीहरू यस प्रकारका छन् :

१. युनिलिभर नेपाल लिमिटेड :

उत्पादन समूहमा रही यस कम्पनीले 'UNL' संकेतमा काराेबार गर्दछ ।  जेठ २५ गते बिहीबारका अनुसार कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता ३० हजार ६ सय ७४ रूपैयाँ रहेकाे छ ।

२. राष्ट्रिय बीमा कम्पनी लिमिटेड :

इन्स्याेरेन्स समूहमा रही यस कम्पनीले 'RBCL' संकेतमा काराेबार गर्दछ । जेठ २५ गते बिहीबारका अनुसार कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता १६ हजार ३ सय ५० रूपैयाँ रहेकाे छ ।

३. बोटलर्स नेपाल (तराई) लिमिटेड :

उत्पादन समूहमा रही यस कम्पनीले 'BNT' संकेतमा काराेबार गर्दछ ।  जेठ २५ गते बिहीबारका अनुसार कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता १३ हजार रूपैयाँ रहेकाे छ ।

४. साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड :

व्यापार समूहमा रही यस कम्पनीले 'STC' संकेतमा काराेबार गर्दछ ।  जेठ २५ गते बिहीबारका अनुसार कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता ४ हजार ५ सय ५ रूपैयाँ रहेकाे छ ।

५. विशाल बजार कम्पनी लिमिटेड :

व्यापार समूहमा रही यस कम्पनीले 'BBC' संकेतमा काराेबार गर्दछ ।  जेठ २५ गते बिहीबारका अनुसार कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता ३ हजार ४ सय ४८ रूपैयाँ रहेकाे छ ।

६. नागरिक लगानी कोष :

लगानी समूहमा रही यस कम्पनीले 'CIT' संकेतमा काराेबार गर्दछ ।  जेठ २५ गते बिहीबारका अनुसार कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता २ हजार २ सय ६९ रूपैयाँ ५ पैसा रहेकाे छ ।

७. बोटलर्स नेपाल (बालाजु) लिमिटेड :

उत्पादन समूहमा रही यस कम्पनीले 'BNL' संकेतमा काराेबार गर्दछ ।  जेठ २५ गते बिहीबारका अनुसार कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता २ हजार २ सय २२ रूपैयाँ २ पैसा रहेकाे छ ।

८. नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड

लघुवित्त समूहमा रही यस संस्थाले 'NESDO' संकेतमा काराेबार गर्दछ ।  जेठ २५ गते बिहीबारका अनुसार संस्थाकाे सेयरमूल्य प्रतिकित्ता १ हजार ९ सय ९० रूपैयाँ रहेकाे छ ।

९. हिमालयन डिष्टिलरी लिमिटेड :

उत्पादन समूहमा रही यस कम्पनीले 'HDL' संकेतमा काराेबार गर्दछ ।  जेठ २५ गते बिहीबारका अनुसार कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता १ हजार ९ सय ४८ रूपैयाँ रहेकाे छ ।

१०. आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड :

लघुवित्त समूहमा रही यस संस्थाले 'ANLB' संकेतमा काराेबार गर्दछ ।  जेठ २५ गते बिहीबारका अनुसार संस्थाकाे सेयरमूल्य प्रतिकित्ता १ हजार ९ सय ४१ रूपैयाँ रहेकाे छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको