सरकारले सहकारीका समस्या समाधान गर्नका लागि कार्यदल गठन गरेको छ । मन्त्रिपरिषद्को २३ वैशाखमा बसेको बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
विभिन्न मन्त्रालयका सचिव र सहसचिव, राष्ट्र बैंकको उच्च अधिकारी साथै नेपाल प्रहरीको एसएसपीसहितको कार्यदल बनेको छ ।
उक्त कार्यदलले सहकारीका समस्या पहिचान गरी प्रतिवेदन बुझाउन छन् भने उक्त कार्यदलले प्रतिवेदन बुझाउन २ महिनाको समयसीमा पाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस