Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

आइतबार, २८ जेठ २०८०, १५ : १५ मा प्रकाशित

यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (आइतबार) सेयरबजारमा उछाल आएको छ । आज नेप्से परिसूचक आज ४०.४८ अंकले बढेर १९८०.०९ को विन्दुमा कायम भएको हो ।

सेयरबजारमा हरियाली छाएसँगै आज कारोबार रकम समेत साढे ३ अर्ब नजिक पुगेको छ । केही दिनयताको तुलनामा कारोबार रकम बढेर ३ अर्ब नाघेको हो । आज धितोपत्र दोस्रो बजारमा ३ अर्ब ४५ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक नागरिक लगानी कोषको ११ करोड ३६ रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १० करोड ६२ लाख, शिवम् सिमेन्ट्सको १० करोड ३९ लाख, नेपाल टेलिकमको ८ करोड ११ लाख र नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको