नेपालको इतिहासमा पहिलो पटक मिडिया कम्पनीको आइपिओ निष्काशन गरेको नेपाल रिपब्लिक मिडिया कम्पनीको आइपीओमा हालसम्म झन्डै ७ लाखले आवेदन दिएका छन्। सिडिएसका अनुसार आइतबार साँझ सम्मको विवरण अनुसार ६ लाख ९९ हजार २१० जना आवेदकले ७६ लाख ९३ हजार १०० कित्ताका लागि आवेदन दिएका हुन् ।
बजारमा चर्को विरोध भएपनि लगानीकर्ताले भने माग भन्दा धेरै कित्ताको लागि कम्पनीको सेयरमा आवेदन दिएका छन्।
कम्पनीले आफ्नो जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता सेयर निष्काशन निष्काशन गरेको हो ।यी मध्य ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर निष्काशन गरेको थियो ।कम्पनीले कर्मचारीहरुका लागि निष्काशन गरेको सेयरमा पूर्ण आवेदन नपरेका कारण बाँडफाँड नभएको ९३ हजार ९६१ कित्ता ससेयर सहित गरी कुल ३६ लाख १९ हजार ८९१ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो।
इच्छुक लगानीकर्ताले आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म र जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । यस आइपीओको बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ। यस आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको जनाउने ‘आइआरएन बी प्लास रेटिङ’ प्रदान गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस