Like us!
Follow us!
Connect us!
Watch us!

रावा इनर्जीको आईपीओ मंगलबार बाँडफाँड हुने

अर्थ संसार

सोमबार, २९ जेठ २०८०, १० : ५७ मा प्रकाशित

रावा इनर्जीको आईपीओ मंगलबार बाँडफाँड हुने

रावा इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ १८ गते, बिहीबारदेखि जेठ २२ गते, साेमबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि मंगलबार हुने भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड भाेलि मंगलबार दिउँसाे ४ बजे गरिने निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा ११ लाख ६५ हजार ५ सय २६ जना लगानीकर्ताहरूले १ करोड २७ लाख ६१ हजार ४ सय ८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा १९.८२ गुणा बढी आवेदन हो । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आईपीओ निष्कासन गरेको थियाे । जसमध्ये पहिलाे चरणमा १०% अर्थात् ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँड गरेको थियो । 

उक्त समयमा स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता आईपीओ निष्कासन गरेको थियाे । जसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता आईपीओ छुट्याइएको थियाे । बाँकी ६ लाख ४३ हजार ६ सय ६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्दथे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको