अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा रहेको करको दर कुनै पनि घरनालाई फाइदा पुग्ने गरी केन्द्रित नभएको स्पष्ट पारेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको उत्तर दिँदै उनले उक्त विषयमा स्पष्ट पारेका हुन् ।
‘कुनै एउटा लक्षित घरना, उद्योग तथा व्यक्तिमा केन्द्रित नगरेर समग्रमा यसको प्रभावले राजश्व वृद्धिको कोणबाट पनि र अर्थतन्त्रलाई चलायमान हुने कोणमा मात्र बजेट केन्द्रित भएको छ,’ मन्त्री डा. महतले भने।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस