Like us!
Follow us!
Connect us!
Watch us!
संसदमा जवाफ

विदेशी दाताहरू सहयोग गर्न तयार छन्, तर खर्च गर्ने क्षमता हामीसँग छैनः अर्थमन्त्री डा. महत

अर्थ संसार

सोमबार, २९ जेठ २०८०, १४ : ५४ मा प्रकाशित

विदेशी दाताहरू सहयोग गर्न तयार छन्, तर खर्च गर्ने क्षमता हामीसँग छैनः अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशीसँग सहयोग ल्याउँदा खर्च गर्न सक्ने क्षमता पनि देखाउनु पर्ने बताएका छन् । आज (सोमबार) बजेटमाथि उठेका प्रश्नको संसद्मा जवाफ दिँदै डा. महतले विदेशी दाताहरूले सहयोगका लागि अझै पनि इच्छा देखाएका छन् । तर, हामीसँग खर्च गर्ने क्षमता देखाउन नसक्दा सहयोगका लागि देखाएको इच्छा लिन नसकेको उनको भनाइ थियो । 

डा. महतले भने, ‘बजेट आउँछ खुसी हुन्छौं तर कार्यन्वयन हुँदैन । उपयोग र खर्च हुँदैन । विदेशी सहयोग र थप सहयोग आउँछ । त्यस्ता प्रतिवद्धताहरू आएको छ । त्यो किसिमको विदेशी सहयोगी दाताहरूले इच्छा प्रकट गरेका छन् । तर हामीले खर्च गर्ने क्षमता देखाउनु पर्छ । बजेटको आकार चालु आर्थिक वर्ष भन्दा २.३४ प्रतिशतले घटाएको छ। घटाउनु पर्ने अवस्था आयो । किनभने एकातिर ऋण व्याजको दायित्व हरेक वर्ष तिर्नु पर्छ त्यो दायित्व बढ्यो । अर्कोतिर वैदेशिक सहयोग कति आउँछ त्यसलाई मध्य नजर राख्नै पर्‍यो । र हाम्रो राजस्व कति छ? त्यसलाई पनि मध्य नजर राख्नु पर्‍यो ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको