Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिइन्स्याेरेन्सको नाफामा वृद्धि, अन्य सूचक कस्ता छन् ?

अर्थ संसार

मंगलबार, ३० जेठ २०८०, १० : ४८ मा प्रकाशित

हिमालयन रिइन्स्याेरेन्सको नाफामा वृद्धि, अन्य सूचक कस्ता छन् ?

हिमालयन रिइन्स्याेरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

खुद नाफा

चैत्र मसान्तसम्म आइपुग्दा कम्पनीले २५ करोड ४४ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे तुलनामा २९.५२% ले बढेकाे हाे । गत वर्षको यसैअवधिमा कम्पनीले १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

खुद बिमा शुल्क

कम्पनीकाे खुद बिमा शुल्क पनि बढेकाे छ । समिक्षा अवधिमा कम्पनीले ३ अर्ब ३८ करोड ४६ लाख २४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे छ । गत वर्षकाे यसै अवधिमा कम्पनीले ४७ करोड ४९ लाख ६४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

बिमा काेष

कम्पनीकाे बिमा काेषकाे आकार पनि आकर्षक ढङ्गले बढेकाे छ । गत वर्ष ४८ लाख १९ हजार रुपैयाँ रहेको कम्पनीकाे बिमा कोषको आकार यस वर्ष १३ करोड ६९ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।

खुद दावी भुक्तानी

तेश्राे त्रैमाससम्म कम्पनीले २४ करोड ७२ लाख ६९ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।

अल्पकालिन लगानी तथा कर्जा

कम्पनीकाे अल्पकालिन लगानी तथा कर्जा भने १ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी

कम्पनीकाे चुक्ता पूँजी ७ अर्ब रुपैयाँ रहेकाे छ ।

जगेडा काेष

कम्पनीकाे जगेडा कोषमा ३८ करोड ५८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको