Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

अर्थ संसार

मंगलबार, ३० जेठ २०८०, ११ : २६ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

नारायणी डेभलपमेन्ट बैंकले २१औं वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा आउँदो असार १९ गते सौराहाको होटेल मोनालिसामा गर्ने निर्णय गरेको हो । 

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८–०७९ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल असार मसान्तको वितीय विवरण, सोही मितिमा पेश भएको आर्थिक वर्ष २०७८–०७९ को नाफा नोक्सान हिसाब विवरण, नगद प्रबाह विवरण, इक्वीटिमा भएको परिवर्तनको विवरण र सो सँग सम्बधित अनूसुचीहरु सहितको वित्तीय विवरणहरु पारित गर्नेछ ।

सभाले लेखापरिक्षण समितिको सिफारीसमा बैंकको आर्थिक वर्ष २०७९–८० को लेखापरीक्षण गर्न बाह्य लेखापरिक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकहरुको मनोनयन र निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले यस नारायणी डेभलपमेण्ट बैंक लिमिटेड र अन्य बैंक तथा वित्तीय संस्था मर्ज हुने, रणनीतिक साझेदार, नयाँ लगानीकर्ता भित्र्याउने, आपसमा गाभ्ने गाभिने तथा प्राप्ति र समाहित जनका लागि उपयुक्त बैंक वित्तीय संस्था, साझेदार, लगानीकर्ताको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याकन गर्ने परामर्शदाता, मुल्याकंनकर्ता, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने तथा उक्त कार्यसँग सम्बन्धित अन्य आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ असार १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको