Like us!
Follow us!
Connect us!
Watch us!

दर्दनाक अवस्थामा नारायणी डेभलपमेन्ट बैंक : ४३.६९ प्रतिशत पुग्यो खराब कर्जा,नाफा र इपिएस नै ऋणात्मक

अर्थ संसार

मंगलबार, ०८ माघ २०८१, १४ : ०१ मा प्रकाशित

दर्दनाक अवस्थामा नारायणी डेभलपमेन्ट बैंक : ४३.६९ प्रतिशत पुग्यो खराब कर्जा,नाफा र इपिएस नै ऋणात्मक

राष्ट्र बैंकले कारबाहीको तयारी गरेको नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था कमजोर देखिएको छ । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको बैंकको घाटा बढेको छ ।  नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५२ लाख १३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यसैअवधिमा यो बैंक ६ करोड ३८ लाख रुपैयाँ नोक्सानीमा थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा नारायणीको खराब कर्जा ४३.६९ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने २७.७५ प्रतिशत रहेको छ ।

यस्तै यो अवधिमा खुद ब्याज आम्दानी २३ लाख ६६ हजार रुपैयाँ ऋणात्मक छ । चुक्ता पुँजी २६ करोड २४ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा २० करोड रुपैयाँ जम्मा रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.९९ रुपैयाँ ऋणात्मक हुँदा प्रतिसेयर नेटवर्थ भने २०.९३ रुपैयाँ रहेको छ । एनपीएल ४३.६९ प्रतिशत पुगेको छ ।

दोस्रो त्रैमाससम्मको अवधिमा नारायणीको सञ्चालन नाफा ६७ लाख ६४ हजार रुपैयाँ रहेको छ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २६ करोड २४ लाख, जगेडा कोष सञ्चिति २० करोड १७ लाख, सेयर प्रिमियम १ करोड १ लाख, वितरणयोग्य मुनाफा ५२ लाख १३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा बढी देखिएमा राष्ट्र बैंकले कारबाहीस्वरूप निक्षेप तथा कर्जा प्रवाहमा न्यूनतम सीमा तोकिदिने, शाखा खोल्न, कर्मचारीहरूको पारिश्रमिक बढाउन, लाभांश वितरण गर्न रोक लगाउने व्यवस्था छ। तथापि, नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात अझै बढिरहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको