Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, २३ माघ २०८१, १२ : ४९ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको  छ ।

बैंकले केही संस्थापक सेयरधनीहरुकाे नाममा रहेको ६५ हजार ६२८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले हाल उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो। सेयर खरिद गर्न इच्छुक संस्थापकले आवश्यक कागजात सहित ३५ दिनभित्र चितवनको रत्ननगरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

तोकिएको म्यादभित्र सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिने बैंकले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको