Like us!
Follow us!
Connect us!
Watch us!

इप्पान निर्वाचनः ५ जना निर्विरोध निर्वाचित

अर्थ संसार

मंगलबार, ३० जेठ २०८०, १७ : १३ मा प्रकाशित

इप्पान निर्वाचनः ५ जना निर्विरोध निर्वाचित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिका लागि शुरू भएको निर्वाचन प्रक्रियामा ५ जना निर्विरोध निर्वाचित भएका छन् । उपमहासचिवमा प्रकाश कुमार दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तसहित ५ जना निर्विरोध निर्वाचित भएका हुन् । ५ जना मध्ये तीनजना महिलाहरु सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । जसमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध भएका छन् । इप्पान निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र मासचिवमा २–२ जना, उपाध्यक्षमा ७ जना, सचिवमा ६ जना र खुल्ला सदस्यमा १४ जनाको उम्मेदवारी परेको छ ।

२५ सदसीय कार्यसमितिको अध्यक्षका लागि गणेश कार्की र किरण मल्लको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सुर्यप्रसाद अधिकारीको उम्मेदवारी पर्दा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उम्मेदवारी परेको छ । ५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । जसमा भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, विरेन्द्र मल्ल र दिपेन्द्रबहादुर बमको उम्मेदवारी परेको छ ।

त्यस्तै, ५ जना सचिवको लागि ६ जनाको उम्मेदवारी परेको छ । सचिवमा भरत नेपाल, भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिम पाठक र नारायण कँडेलको उम्मेदवारी परेको छ । ७ जना खुल्ला सदस्यहरूको लागि १४ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष र उपाध्यक्षसहित सदस्यहरूको लागि यहि जेठ ३२ गते निर्वाचन हुनेछ । निर्वाचन लगत्तै इप्पानले २१ औं साधारणसभा गर्ने भएको छ । उक्त सभा हयात रिजेन्सीमा हुने छ भने सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन्  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको