आज (बुधबार) सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । आज सेयर बजार आज १६.४२ को अंकले बढेर २०३७.०६ को बिन्दुमा कायम भएको हो । बुधबार सेयर बजारमा हरियाली छाएपनि आज मात्रै वार्षिक साधारण सभा गरेको राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।
कम्पनीको सेयरमूल्य ५.६२ प्रतिशत अर्थात ९४२ रुपैयाँले घटेर प्रतिकित्ता १५ हजार ८२० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज मोलुुङ्ग हाइड्रोपावर, शुुभम पावर लिमिटेड, युनिलिभर नेपाल लगायत अन्य कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस