Like us!
Follow us!
Connect us!
Watch us!

इप्पानको अध्यक्षमा कार्की, वरिष्ठ उपाध्यक्षमा डाँगी र कोषाध्यक्षमा पन्त निर्विरोध निर्वाचित

अर्थ संसार

बुधबार, ३१ जेठ २०८०, ०९ : ३० मा प्रकाशित

इप्पानको अध्यक्षमा कार्की, वरिष्ठ उपाध्यक्षमा डाँगी र कोषाध्यक्षमा पन्त निर्विरोध निर्वाचित

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)को अध्यक्षमा गणेश कार्की र वरिष्ठ उपाध्यक्षमा महोनकुमार डाँगी  निर्विरोध हुने भएका छन् ।

अध्यक्ष पदमा दावेदारी पेश गरेका किरण मल्लको उम्मेदवारी खारेज भएसँगै कार्की निर्विरोध अध्यक्ष हुने भएका हुन् । त्यसै गरी वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका सूर्यप्रसाद अधिकारीको उम्मेदवारी पनि निर्वाचन समितिले खारेज गरेसँगै वरिष्ठ उपाध्यक्ष पदमा महोनकुमार डाँगी पनि निर्विरोध हुने भएका हुन् । 

संस्थाको स्वीकृत विधानअनुसार उम्मेदवारका लागि अयोग्य रहेको भन्दै निर्वाचन समितिले ७ जनाको उम्मेदवारी खारेज गरेको छ । जसमा सबै मल्ल प्यानलकै छन् । विधानअनुसार मल्ल अध्यक्ष र  अधिकारी  वरिष्ठ उपाध्यक्ष बन्न योग्य नरहेको समितिको ठहर छ ।

निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामवालीमा  ५ जना उपाध्यक्ष चुन्नुपर्नेमा भरतबहादुर खत्री, उत्तम भ्लोन, रामप्रसाद आचार्य, आशिष गर्ग र आनन्द चौधरीको नाम अन्तिम नामावलीमा प्रकाशित भएको छ । उपाध्यक्षमा २ जनाको उम्मेदवारी खारेज भएको छ ।

महासचिवमा पनि एक जनाको उम्मेदवारी खारेज हुँदा बलराम खतिवडा निर्विरोध हुने देखिएको छ । उपमहासचिव पदमा प्रकाशचन्द्र दुलाल मात्रै उम्मेदवार छन् ।

अन्तिम नामावलीअनुसार दावी विरोध लागेर त्यसको पुष्टि नभए कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त निर्विरोध निर्वाचित हुनेछन् । सचिव पदमा पनि एक जनाको उम्मेदवारी खारेज हुँदा ५ जना सचिवका लागि ५ जनाकै नाम अन्तिम नामावलीमा आएको छ । भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल कँडेल, विक्रम विष्ट र हिम प्रसाद पाठकको नाम अन्तिम नामावलीमा छ ।

महिला सदस्यतर्फ ३ जना निवाचित हुनुपर्नेमा ३ जनाको मात्रै निमावली प्रकाशन भएको छ । ईशा श्रेष्ठ, सुसन कर्मचार्य र सुमनकुमारी जोशी महिला सदस्य बन्ने भएका छन् ।

खुला सदस्य पदमा भने ७ जना निर्वाचित हुनुपर्नेमा १४ जना प्रतिस्पर्धामा छन् । बिहीबार खुला सदस्य पदमा लागि मात्रै निर्वाचन हुने देखिएको छ । 
 

6489e10d16bce.jpg 6489e10d4d6f4.jpg 6489e10d55134.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको