Like us!
Follow us!
Connect us!
Watch us!
अदालतको निर्णय कुर्ने

इप्पानको अध्यक्षमा कार्कीलाई षड्यन्त्रपूर्ण ढंगले स्वतः निर्वाचित गरिएकोमा मल्ल समूहको आपत्ती

अर्थ संसार

विहीबार, ३२ जेठ २०८०, १२ : ०८ मा प्रकाशित

इप्पानको अध्यक्षमा कार्कीलाई षड्यन्त्रपूर्ण ढंगले स्वतः निर्वाचित गरिएकोमा मल्ल समूहको आपत्ती

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को निर्वाचन समितिले गणेश कार्कीलाई अध्यक्षमा स्वतः निर्वाचित भएको सुचना प्रकाशित गरेपछि अध्यक्षका अर्का प्रत्यासी किरण मल्ल समूहले आपत्ती जनाएको छ । । आज (बिहीबार) हुने साधारण सभाबाट नयाँ कार्यसमिति चयन हुनै लाग्दा दुई पक्षबीच विवाद सुरु भएको हो । 

योग्यता नपुगेको भन्दै निर्वाचन समितिले हालका महासचिव गोरे शेर्पा समर्थित मल्लको उम्मेदवारी खारेज गरेसँगै उक्त विषयमा विवाद चुलिएको हो । निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्य समर्थित कार्की नयाँ अध्यक्ष बनेका छन् ।

निर्वाचन समितिले भनेको छ, ‘निर्वाचन समितिले प्रकाशित गरेको सूचना, विद्युतीय माध्यमबाट गरिएका पत्राचार बमोजिम दाबी विरोधका सम्बन्धमा संस्थाको विधान तथा निर्देशिकामा भएको व्यवस्था बमोजिम योग्यतासम्बन्धी आवश्यक कागजात उपलब्ध गराउन भनिएकोमा तपाईँबाट सो बमोजिमको उम्मेदवारी कायम राख्नको निमित्त योग्यता पुग्ने कागजात पेश हुन नआएको हुँदा निर्वाचन सम्बन्धी निर्देशिका २०७६ (पहिलो संशोधन २०८०) को दफा ९ (ग) र संस्थाको विधान २०५७ (संशोधित विधान २०७८) को धारा १५ (११) बमोजिम तपाईँबाट मनोनय भएको उम्मेदवारी कायम नरहने गरी निर्वाचन समितिबाट निर्णय भएको व्यहोरा जानकारीको निमित्त अनुरोध छ ।’

तर यो षड्यन्त्रपूर्ण ढंगले गरिएको भन्दै मल्ल समूहले आपत्ति जनाएको छ । हालका महासचिव शेर्पाले विधानलाई अपव्याख्या गरेर, एक्लौटी रुपमा कार्यविधि पारित गरेर आफूहरुलाई जबरजस्ती अयोग्य सावित गरिएको बताएका छन् । विधानको दफा १० र ११ मा के हुँदा अयोग्य हुने भन्ने स्पष्ट उल्लेख भएपनि त्यसविरुद्ध निर्वाचन समितिले आफूहरुलाई अयोग्य घोषणा गरिएको असन्तुष्ट समूहको भनाइ छ । 

उम्मेदवारी नै अयोग्य ठहरिएको मल्लको टिमबाट वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी सुर्यप्रसाद अधिकारीले हालको कार्यसमितिले अवैध रूपमा विधानको हवाला दिएर तयार गरेको निर्देशिका नै त्रूटीपूर्ण रहेको बताए । सोहि विषयलाई टुङ्गोमा पुर्याउन मल्ल समूहको टिम उच्च अदालत पुगेको छ । सो टिम अन्तरिम आदेश माग गर्दै अदालत पुगेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको