धितोपत्र दोश्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता थप २ कम्पनीको सेयर सूचिकृत भएको छ । एक आईपीओ र दोश्रो बोनस सेयर गरी २ प्रकारका सेयर यो साता नेप्सेमा सूचिकृत भएको हो ।
यो साता दोश्रो बजारमा आईपीओ मार्फत् एउटा नयाँ कम्पनी थपिएको छ । मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरको ५४ लाख २५ हजार ८ सय ३३ कित्ता साधारण सेयर आईपीओ बिहीबार नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले नेप्सेमा पहिलो कारोबारका लागि न्यूनतम ७७ रूपैयाँ ४५ पैसादेखि अधिकतम २३२ रूपैयाँ ३५ पैसा ओपनिङ्ग रेञ्ज पाएको छ । अब आइतबार यही रेञ्जलाई आधार मानेर नेप्सेमा कम्पनीको कारोबार खुल्नेछ ।
त्यसैगरी, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर पनि यसै साता नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १९ प्रतिशत बोनस बापतको ५ लाख ९४ हजार ४ सय ६३ दशमलव २८१६ कित्ता बोनस नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस