Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं र पोखरापछि धरानमा पनि ‘आदिपुरुष’ प्रदर्शनमा रोक

अर्थ संसार

सोमबार, ०४ असार २०८०, १३ : १७ मा प्रकाशित

काठमाडौं र पोखरापछि धरानमा पनि ‘आदिपुरुष’ प्रदर्शनमा रोक

भारतीय चलचित्र ‘आदिपुरुष’लाई धरानमा पनि चल्न नदिइने भएको छ। धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङले नगरभित्रका हलहरुमा ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउने निर्णय गरेका हुन्।

काठमाडौं महानगरपालिकाभित्रका हलहरुमा मेयर बालेन्द्र शाहले ‘आदिपुरुष’सहित भारतीय चलचित्रलाई रोक लगाइरहेका बेला धरानमा पनि त्यसलाई निरन्तरता दिइएको हो। यसबीचमा धरानमा पनि मेयर साम्पाङले नगरभित्रका हलहरुमा ‘आदिपुरुष’ चलाउन नदिने निर्णय लिएका हुन्।

‘धरानमा आदिपुरुषको प्रदर्शन नगर्नु होला’, सोमबार मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन्। काठमाडौंका मेयर शाहले ‘आदिपुरुष’विरुद्ध कदम चालेपछि पोखरामापनि सो फिल्मको प्रदशृनमा रोक लगाएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको