धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले खानेपानी मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूसँग भेट गरेका छन् ।
धरानको खानेपानी समस्या समाधानका लागि गाग्रो बोकेर मंगलबार सिंहदरवार पुगेका मेयर साम्पाङले खानेपानी मन्त्री प्रदीप यादवसँग भेट गरेर आफ्ना समस्या राखेका थिए ।
उनले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरे । ‘हामी सप्तकोशीको पानीको प्रोजेक्ट अघि बढाउँछौँ भन्नुभएको छ ।’ मेयर साम्पाङले भने,
उनले अघि भने, ‘डीपीआर ५ अर्बको कुरा छ । उहाँहरू सकारात्मक हुनुहुन्छ ।’
जसबारे मेयर साम्पाङले गृह मन्त्रालयको विषय भएकाले धेरै नबोल्ने प्रतिक्रिया दिए । साथै, उनले अर्थ मन्त्रालयबाट निस्किएर सञ्चारकर्मीसँग भने, ‘प्रधानमन्त्रीज्यूलाई एउटा पत्र बुझाउँछु,’।
उनले आफ्नो कार्यकालमा जसरी पनि धरानका स्थानीयलाई पानी खुवाउने वाचा गर्दै पछिसम्मका लागि सोच्दै आफू सिंहदरवार आएको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस