Like us!
Follow us!
Connect us!
Watch us!

धरानका मेयर साम्पाङले सांसदहरुलाई दिएको चेतावनीमा बालेनको समर्थन

अर्थ संसार

आइतबार, ०३ बैशाख २०८०, १० : ३४ मा प्रकाशित

धरानका मेयर साम्पाङले सांसदहरुलाई दिएको चेतावनीमा बालेनको समर्थन

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले कोशीको पानी धरान ल्याउने प्रोजेक्टमा बजेट नपरे धरानमा सांसद्हरुलाई निषेध गर्ने चेतावनी दिएका छन् ।

आज सामाजिक सञलमा एक स्ट्याटस लेख्दै राईले भनेका छन् ‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ , तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहित को  ।  ख्याल नठान्नु होला ।  यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु ।

राईको उक्त अभिव्यक्तिलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्णरुपमा समर्थन रहेको जनाएका छन् ।

राईको स्ट्याटसमा शाहले लेखेका छन् पूर्ण समर्थन, गर्ने नै यही हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको