लगातार ९ दिन बढेको बजारले आज ब्रेक लगाएको छ । कारोबार खुल्ने बित्तीक्कै २१ सय नाघेको बजार कारोबार बन्द हुने समयसम्म भने झिनो अंकले घटेको हो । आज सोमबार नेप्से परिसूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा झरेको छ ।
कारोबार हुने कुल १३ वटा उपसमूहमध्ये आज फाइनान्समा लगानीकर्ताहरूको आकर्षण देखिएको छ । आज फाइनान्स समूह सबैभन्दा धेरै अर्थात् ५.२२ प्रतिशतले बढेको छ ।
नेप्सेमा कारोबार भइरहेका कुल १५ वटा फाइनान्स कम्पनीमध्ये आज १५ वटै कम्पनीको सेयरमूल्य बढेको छ । आजको अन्तिम कारोबार मूल्य अनुसार ९ वटा फाइनान्सको मूल्य ३ सयको लाइनमा, ५ वटा फाइनान्सको मूल्य ४ सयको लाइनमा र एउटा फाइनान्सको मूल्य ५ सयको लाइनमा रहेको छ ।
नेप्सेमा सूचिकृत फाइनान्स कम्पनीमध्ये सबैभन्दा महँगो फाइनान्स गोर्खाज फाइनान्स र सबैभन्दा सस्तो फाइनान्स समृद्धि फाइनान्स रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस