राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेकी पत्नी निकिता पौडेल उपाध्यक्ष रहेको ‘साइ स्वागत बचत तथा ऋण सहकारी संस्था’ले बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै उजुरी परेको छ। तर, सो उजुरीमा उपाध्यक्ष पौडेलको नाम उल्लेख भने गरिएको छैन् ।
काठमाडौं महानगरपालिकाको मातहतमा रहेको सहकारी विभागमा उक्त सहकारीविरुद्ध उजुरी परेको हो । उक्त सहकारी संस्थाविरुद्ध परेको उजुरीमा बचतकर्ताहरुको ५ करोड बराबरको रकम फिर्ता नभएको उल्लेख गरिएको छ।
महानगरपालिकामा कार्यरत जिन्सी विभागका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा अर्थसंसारलाई उक्त सहकारीविरुद्ध उजुरी परेको जानकारी दिएको हो । सहकारीको कार्यसमीतिबारे विवाद चुलिएपछि उजुरी परेको सो कर्मचारीले बताएका छन् । उक्त विषयमा सहकारी विभागले तुरुन्तै छानविन प्रक्रिया थाल्ने सो कर्मचारीले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस