Like us!
Follow us!
Connect us!
Watch us!

रमेश हमाललक्षित पुँजीबजार सुधार संघको प्रश्न– घोराहीको आइपीओमा प्रक्रिया पूरा नगरी कुन आधारमा निष्कासनका लागि हस्ताक्षर गरियो?

अर्थ संसार

मंगलबार, ०५ असार २०८०, १७ : २४ मा प्रकाशित

रमेश हमाललक्षित पुँजीबजार सुधार संघको प्रश्न– घोराहीको आइपीओमा प्रक्रिया पूरा नगरी कुन आधारमा निष्कासनका लागि हस्ताक्षर गरियो?

घोराही सिमेन्टको आइपीओको विवाद उत्कर्षमा पुगिरहेको बेला स्वतन्त्र पुँजीबजार सुधार संघले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष रमेश हमालमाथि नै निशाना साधेको छ । संघले सेबोन अध्यक्ष हमालले घोराही सिमेन्ट उद्योग लिमिटेडको आईपीओमा आवेदन प्रक्रिया पालना नगरी कुन आधारमा आइपीओ निष्कासनका लागि अध्यक्ष हमालले हस्ताक्षर गरेका हुन् ? भन्दै प्रश्न तर्सोएका हुन् । 

घोराही सिमेन्ट इण्डस्ट्रिज लिमिटेडको आईपीओ स्वीकृती प्रक्रियामा भएको जालझेल, आईपीओको लागी आवेदन पेश गरेको मिति देखि नै सेबोन अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका हमाल विरुद्ध आरोप लाग्दै आएको थियो । 

सघले बोर्डका अध्यक्ष हमाल विरुद्ध लगाइएको भ्रष्टाचारको हालको आरोपले सेबोनको निष्ठा र समग्र नेपाली पूँजीबजारको विश्वसनीयतामा शंका उत्पन्न गरेको बताएका छ । साथै, यसले पूँजीबजारको विकास र विस्तारमा धेरै पछाडि धकेल्ने सक्ने आँलन समेत संघले गरेको छ ।

संघले जारी गरेको विज्ञप्ति यस्तो छ:

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश हमालले घोराही सिमेन्ट उद्योग लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्कासन गर्दा भ्रष्टाचार गरेको आरोपमा शंकाको घेरामा रहेको जानकारीमा आएको छ । घोराही सिमेन्ट इण्डस्ट्रिज लिमिटेडको आईपीओ स्वीकृती प्रक्रियामा भएको जालझेल, आईपीओको लागी आवेदन पेश गरेको मिति देखि नै सेबोन अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका हमाल विरुद्ध आरोप लाग्दै आएको थियो ।  उक्त कम्पनीको प्रारम्भिक नियमित आईपीओ आवेदन प्रक्रिया पालना नगरी कुन आधारमा आइपीओ निष्कासनका लागि अध्यक्ष हमालले हस्ताक्षर गरेका हुन् ? नेपालको धितोपत्र बजारको नियामक निकायको रुपमा रहेको सेबोन, पूँजीबजारमा सुशील कुमार लुनीयाँ पारदर्शिता सुनिश्चित गर्न र लगानीकर्ताको विश्वास कायम राख्न स्थापना गरिएको हो। धितोपत्र बोर्डका अध्यक्ष हमाल विरुद्ध लगाइएको भ्रष्टाचारको हालको आरोपले सेबोनको निष्ठा र समग्र नेपाली पूँजीबजारको विश्वसनीयतामा शंका उत्पन्न गरेको छ र यसले पूँजीबजारको विकास र विस्तारमा धेरै पछाडि धकेल्ने छ ।

तसर्थ, यी आरोपहरूको गहिरो छानबिन गरी भ्रष्टाचारमा संलग्न कुनै पनि व्यक्तिलाई उचित कारबाही गर्न सम्बन्धित निकायलाई हामी जोडदार माग गर्दछौं । हामी सेबोनले लगानीकर्ताको विश्वास स्थापित गर्न र आईपीओ स्वीकृति प्रक्रियाको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न तत्काल कदम चाल्न पनि अनुरोध गर्दछौं । एक जिम्मेवार संस्थाको हैसियतमा, यस स्वतन्त्र पूँजीबजार सुधार संघ नेपालको पूँजीबजारमा पारदर्शिता, जवाफदेहिता तथा निष्पक्षता पालना गर्न प्रतिवद्ध छौ । अन्त्यमा, पूँजीबजारको विकास र स्थायित्वको लागि आम लगानीकर्ताहरुको हकहित तथा लगानीको सुनिश्चितताको लागि, गलत क्रियाकलापको विरुद्धमा आवाज बुलन्द गर्ने यस संघ निरन्तर आफ्नो तर्फवाट आवश्यक पर्दा सहयोग तथा यस्ता जालझेल विरुद्ध सधै खबरदारी जारी राख्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको