Like us!
Follow us!
Connect us!
Watch us!

कसिलो मौद्रिक नीतिकै तयारीमा त होइन राष्ट्र बैंक ?

अर्थ संसार

बुधबार, ०६ असार २०८०, ०८ : ०४ मा प्रकाशित

कसिलो मौद्रिक नीतिकै तयारीमा त होइन राष्ट्र बैंक ?

अर्थतन्त्रको बाह्य सूचकहरूमा सुधार भए पनि नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष (आव)कसिलो मौद्रिक नीतिलाई नै निरन्तरता दिने संकेत गरेको छ ।

चालू आवमा लिइएको कसिलो नीतिका कारण सुधार देखिए पनि मुद्रास्फीति अझै लक्षित सीमाभन्दा माथि रहेकाले राष्ट्र बैंक दबाबमा छ । 

अझै विश्व अर्थतन्त्रमा सुधार नआएकाले विस्तारकारी मौद्रिक नीति लिंदा आर्थिक गतिविधि खुकुलो भई पुनः शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतमा दबाब बढ्ने आकलनमा कसिलो नीतिलाई नै निरन्तरता दिने तयारी उसले गरेको हो ।
साउनको पहिलो सातासम्म मौद्रिक नीति जारी गर्ने गरी राष्ट्र बैंकले तयारी गरिरहेको छ । मौद्रिक नीतिका लागि सरोकारवालाबाट सुझाव संकलन गरिरहेको केन्द्रीय बैंकले यसका लागि असार १० गतेसम्मको समय दिएको छ ।

सार्वजनिक कार्यक्रमहरूमा गभर्नर महाप्रसाद अधिकारीले विगतमा जस्तो सहुलियत र सुविधा दिन नसक्ने बताउँदै आगामी वर्ष पनि मौद्रिक नीति कसिलोहुने संकेत गरेका छन् । 

'कोभिड महामारीबाट प्रभावित अर्थतन्त्र सुधार्न दिइएका सुविधाको साइड इफेक्ट अहिले देखिन थालेका छन्,ु उनले भने, ुत्यसैमा करेक्शन जरुरी छ, फेरि त्यस्तै सुविधा दिन सकिदैन ।' विगतको नीतिकै कारण आर्थिक सूचकहरू केही सहज अवस्थामा रहेको उनले बताउने गरेका छन् ।

यो समाचार आर्थिक अभियान दैनिकमा छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको