Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकद्वारा नेपालगञ्जमा बालिका शिक्षा तथा बाल विवाह न्यूनिकरण मुद्धति खाता योजना सञ्चालन

अर्थ संसार

बुधबार, ०६ असार २०८०, १६ : ०७ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा नेपालगञ्जमा बालिका शिक्षा तथा बाल विवाह न्यूनिकरण मुद्धति खाता योजना सञ्चालन

ग्रामीण नेपालका बालिकाहरुको प्राथमिक शिक्षालाई प्रोत्साहन र बालविवाहलाई न्यूनिकरण गर्ने मुख्य उद्देश्यका साथ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नेपालगञ्ज शाखा र नेपालगञ्ज उप–महानगरपालिका बाँके बीच “बालिका शिक्षा तथा बालविवाह न्यूनिकरण मुद्धति खाता योजना” नामक कार्यक्रमका लागि सम्झौता भएको छ । 

सो योजनाको मुख्य उदेश्य बालिकाहरुलाई बाल विवाह हुनबाट बचाउने र शिक्षामा निरन्तरता कायम राख्ने रहेकोले बालिका शिक्षा तथा बाल विवाह न्यूनिकरण मुद्धतिखाता योजना कार्यान्वयनका लागि नेपालगञ्ज उप–महानगरपालिका विविध कोष अन्र्तरगत बालिकाहरुको नाममा मुद्धति खाता खोली कार्यविधि बमोजिमको रकम खातामा जम्मा गर्ने रहेको छ । बालिकाहरुको लागि बैंक खाता खोल्ने र उपलब्ध सबै भन्दा अनुकूल ब्याज दरमा रु पच्चीस हजार को मुद्दती निक्षेप राख्ने सहमति भएको छ । 

यस कार्यक्रमले बालविवाह घटाउन र यस क्षेत्रका युवा छात्राहरूको प्राथमिक, माध्यमिक र उच्च माध्यमिक शिक्षा पूरा गर्न महत्तवपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।कोषको उचित सदुपयोग सुनिश्चित गर्न, खातावालाहरूले नेपालगन्ज उपमहानगरपालिका, बाँकेबाट सिफारिस पत्र प्राप्त गरेपछि मात्र रकम झिक्न सक्नेछन । आफ्नो शिक्षा सफलतापूर्वक पूरा गर्ने र २० वर्षको उमेर अघि विवाह नगर्ने बालिकाहरुलाई मात्र सो पत्र जारी गरिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको