Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंका दुई सहकारी खारेजको क्रममा, लेनदेनका लागि सम्पर्कमा आउन महानगरद्वारा सूचना जारी

अर्थ संसार

शुक्रबार, २२ असार २०८०, १३ : ५६ मा प्रकाशित

काठमाडौंका दुई सहकारी खारेजको क्रममा, लेनदेनका लागि सम्पर्कमा आउन महानगरद्वारा सूचना जारी

काठमाडौं उपत्यकाका दुई वटा सहकारी संस्थाले दर्ता खारेजीका लागि निवेदन दिएका छन् । काठमाडौं महानगर वडा नं ५ चावहिलस्थित् सुकस बचत तथा ऋण सहकारी संस्था लिमिटेड र ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले दर्ता खारेजी स्वीकृतिका लागि महानगरमा निवेदन दर्ता गराएका हुन् । 

खारेजीको निवेदन परेसँगै महानगरको सहकारी विभागले आज (शुक्रबार) सूचना प्रकाशित गर्दै यी दुवै सहकारीबाट कर्जा लिएर तिर्न बाँकी रहेका वा बचत नलिएका सदस्यहरुलाई १५ दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ । नआएको खण्डामा खारेजीपश्चात् कुनै पनि दाबी विरोधको जिम्मेवारी विभागले नलिने समेत सूचनामार्फत जानकारी गराइएको छ । 

‘उक्त संस्थाले तिर्नुपर्ने दायित्व र उठाउनुपर्ने ऋणसहित बक्यौता केही भएमा तथा यी संस्थाहरुबाट धितो राखी कुनै कर्जा लिएको वा यी संस्थाहरुमा बचत गरेको भएमा कर्जा लिने वा बचत गर्ने व्यक्तिले यसै सूचनालाई आधार मानी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस विभागमा सम्पर्क राख्नुहुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ, ‘अन्यथा खारेजीपश्चात् कुनै पनि दाबी विरोधको जिम्मेवारी विभाग नहुने व्यहोरा जानकारी गराइन्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको