Like us!
Follow us!
Connect us!
Watch us!

पास्नीको अवसरमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

अर्थ संसार

बुधबार, ०६ असार २०८०, १७ : २८ मा प्रकाशित

पास्नीको अवसरमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

पछिल्लो समय विवाह उत्सव, जन्मजयन्ती अथवा कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ । त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ । एक छिनमा ओइलाउने फूलका बुकी भन्दा जीवन सुरक्षित बनाउने बीमा पोलिसी उपहार दिने चलन बढेर गएको छ । बीमा पोलिसी उपहारको रुपमा प्रदान गर्ने प्रचलन भित्रदै आएको छ ।

यसै क्रममा मधुवन नगरपालिका – ८ बस्ने बल बहादुर थापा मगर र कर्नि कुमारी सिजाली मगरको जोडीले आफ्नो छोरा बिहान थापा मगरलाई पास्नीको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले भविष्यमा चाहिने पढाइ खर्चको व्यवस्थापनको लागि ५ लाखको जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।

हरेक आमा वुवाको सपना छोरा छोरीको उज्जवल भविष्य निर्माण गर्नु हो र त्यो निर्माण गर्ने क्रममा आर्थिक असहजता खेप्नु नपरोस भन्ने मुल्याङकन गरि पनि बच्चाहरुको बीमा बेलैमा गर्दा राम्रो हुने बल बहादुर थापा मगरले बताए ।

उनले आफ्नो छोरा बिहान थापा मगरलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पोलिसी उपहार दिएका हुन् । उक्त पोलिसी भुरिगाउ शाखा कार्यालयकी अभिकर्ता ९सिनियर ऐजेन्सि मेनेजर० प्रमिला ढकालको सहकार्यमा भुरिगाउ शाखाका शाखा प्रमुख मोहन बहादुर बोहराले घरमै गइ बीमा पोलिसी हस्तन्तरण गरेका थिए ।

कम्पनीले सुबिधा सम्पन्न बीमा योजना रिलायबल सुलभ बाल जीवन बीमा प्लसमा बच्चाको बीमा गर्दा आमा अथवा बावुको लागि पनि अतिरिक्त लिन मिल्ने सुबिधाहरु रहेका छन् । जसमा घातक रोग सुबिधा , अशक्त अपागं भत्ता सुबिधा , साथै दुर्घटना मृत्युमा एकमुष्ठ इच्छ्याएको ब्यक्तिले पाउने सुबिधा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको